कार्यदल प्रतिवेदनबारे छलफल गर्न १३ गते नेकपा सचिवालय बैठक बोलाउने सहमति

काठमाडौँ :सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टीमा उत्पन्न विवाद समाधानको लागि कार्यदलले दिएको सुझाव प्रतिवेदनबारे छलफल गर्ने भएको छ । त्यसको लागि नेकपाले भदौ   १३ गते ११ बजे बोलाउने सहमति भएको छ । अध्यक्षद्वय ओली र दालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई घण्टाको छलफलपछि  सचिवालय बैठक बोलाउने निर्णय भएको हो । पार्टीको आन्तरिक विवाद समाधान गर्नका लागि सुझाव दिन गठीत कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न आज दुई अध्यक्षको बैठक बसेको थियो । बैठकमा प्रतिवेदनबारे छलफल हुने बताइएको छ ।

पार्टीका दुई अध्यक्षबीचको दुई घण्टा लामो छलफल सकिएको छ । भदौ १३ गते ११ बजे पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको छ। थापाका अनुसार बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । दुई अध्यक्षबीच पनि प्रतिवेदनमाथि पनि छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार