काठमाडौँ – प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल शुरु भएको छ । प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यदलको प्रतिवेदनबारे छलफल सुरु भएको हो ।
शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे दुई अध्यक्षबीच छलफल सुरु भइरहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । छलफलका लागि अध्यक्ष प्रचण्ड पौने १० बजे बालुवाटार पुगेका थिए ।