स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार नगर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ :  राष्ट्रिय मानव अधिकार आयोगले  कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षा गर्ने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । आज विज्ञप्ति जारी गरी आयोगले जनस्वास्थ्य संकटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकमाथि अभद्र र अमानवीय व्यवहार प्रदर्शन हुनु अत्यन्त दुःखद भएको बताएको हो ।

आयोगले यस प्रकारका अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्नेप्रति सचेत हुन र उनीहरुप्रति सहयोग र सम्मानजनक व्यवहार गरी नागरिकको कर्तव्य पालना गर्न पनि सचेत गराएको छ । आयोगले यस प्रकारका घटनाहरुको छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न समेत आयोग स्थानीय प्रशासनलाई भनेको छ । उच्च मनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिन आयोगले सरकारको ध्यानाकर्षण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार