संक्रमणबाट थप ८ जनाको मृत्यु ,मृतकको संख्या एक सय ५७ पुग्यो

काठमाडौँ :  नेपालमा कोरोना संक्रमणका कारण थप आठजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण रूपन्देहीका तीन पुरुष र एक महिलाको निधन भएको हो । यस्तै सुनसरी र मोरङका एक–एक पुरुषको मृत्यु भएको छ । काठमाडौँ र पर्सामा पनि एकरएक महिलाको ज्यान गएको हो ।

यससँगै मृतकको संख्या एक सय ५७ पुगेको छ । हाल देशभर १३ हजार सातसय १५ संक्रमित आइसोलेसनमा उपचाररत छन् । आईसीयूमा एक सय ३८ र भेन्टिलेटरमा १५ जना रहेका छन् । मोरङ, पर्सा, महोत्तरी, रौतहट, बारा, सर्लाही र काठमाडौँमा पाँच सयभन्दा बढी संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । मुस्ताङ र हुम्ला संक्रमितमुक्त जिल्ला भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार