एजेन्सी : चीनले आपतकालीन प्रयोगका लागि कोेरोना संक्रमण (कोभिड–१९) भ्याक्सिन प्रयोगमा ल्याउन थालेको दाबी गरेको छ । चिनियाँ कोभिड–१९ भ्याक्सिन डेभलपमेन्ट टास्क फोर्सका प्रमुख एवं चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी चङ् चोङवेइले चिनियाँ भ्याक्सिन म्यानेजमेन्ट कानुनको समन्वयमा भ्याक्सिन आपत्कालीन प्रयोगमा ल्याइएको जानकारी दिएका छन । उनले आपतकालीन प्रयोगका लागि आवेदनबमोजिम व्यापक बहस र मूल्यांकनपछि चीनको केन्द्र सरकारले अनुमोदन गरेको उनको भनाइ छ ।
खोपको मूल्य बजारको मागभन्दा पनि उत्पादनको लागतअनुसार हुने उनको भनाई छ । यस्तै चाइना नेसनल बायोटेक ग्रुपका प्रमुख याङ स्याउमिङले कम्पनीले खोपको तेश्रो चरण परीक्षणका लागि थुप्रै मुलुकसँग सम्झौता गरिसकिएको र अहिलेसम्म झन्डै २० हजार मानिसमा परीक्षण भइसकेको समेत जानकारी दिएका छन ।