सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

काठमाडौं: साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको हो । आज सुन घटेर ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो भने ,चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार