सोलुखुम्बु : ड्युटीमा रहेको प्रहरी टोलिमाथि मदिरापान सेवन गरि हातपात आरोपमा पक्राउ परेकालाई बिना सर्त रिहा गर्न नेपाली काग्रेस सोलुखुम्बुले विज्ञप्तीमार्फत माग गरेको छ । पक्राउ पर्नेहरु तरुणदलका नेता कार्याता भएकाले उनीहरुलाई तत्काल बिना सर्त रिहा गर्न काग्रेसले गरेको हो ।
आईतबार साँझ एक विज्ञप्ती जारी गर्दै सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तरुण दलका अध्यक्ष सहितको टोलिलाई नियोजीत ढंगबाट पक्राउ गरिरहेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो ।
जिल्ला पार्टी सह–सचिव कुशराज राईद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ, “कोभिड–१९ को विषयमा छलफल सकेर स्थानीय सन्तोष खड्काको छोराको जन्मोउत्सवमा शुभकामना आदन प्रदान गर्दैगर्दा तिङ्लाका प्रहरी सहायक निरिक्षक सहितको प्रहरी टोलिले गालीगलौज गर्नुका साथै धरपकड गरेको प्रति गम्भिर ध्यानआकृष्ट भएको छ ।”
संबन्धित समाचार :