विश्वभर २ करोड ३३ लाख बढीमा कोरोना ,१ करोड ५९ लाख ४ हजार २८८ जना निको

काठमाडौँ : विश्वभर २ करोड ३३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकैदिन २ लाख ५२ हजार ४५३ जनामा संक्रमण पुष्टि भएपछि आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ७७ हजार ८०६ पुगेको हो ।

यस्तै एकै दिन थप ५ हजार १३५ जनाको मृत्यु भएसंगै कोरोना संक्रमणले विश्वभर ८ लाख ८ हजार ५८८ पुगेको छ । संक्रमितमध्ये १ करोड ५९ लाख ४ हजार २८८ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ११२ जनाको मृत्यु भएको छ । ३३ लाख ३४ हजार ७३० जना संक्रमित भएकोमा १९ लाख ७८ हजार ७८२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५८ हजार ७१० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६९ लाख २ हजार १०२ पुगेको छ । त्यसमध्ये ३८ लाख ६१ हजार ३७८ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार