काठमाडौं :राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि पाँच वर्षमा पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवम् सिकाइ आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद गर्ने भएको छ।आगामि सोमबारबाट तीन दिनसम्म चल्ने परिसंवादमा भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुर्नस्थापनामा प्राप्त गरेका अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदानप्रदान गरिने छ ।
भूकम्पपछिको पुनर्निर्माण र पुर्नस्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाई र अनुभवहरु अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको प्राधिकरणकले जनाएको छ । प्राधिकरणकका कार्यकारी समिति सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले कार्यक्रममा ५३ वटा सोधपत्रहरु रहेको र हाउजिङ, ग्रामिण घरहरु, सहरी घरहरु निर्माण गर्दाका समस्या र चुनौतीको बारेमा जानकारी दिइने बताउनुभयो ।
परिसंवादमा प्राधिकरणलगायत सरकारी निकाय प्रतिनिधि, पुनर्निर्माणमा सहयोग गरेका दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधि, विषयगत विज्ञहरु, भूकम्प पीडित, निजी क्षेत्रका प्रतिनिधि एवं कार्यपत्रका प्रस्तोताहरु सहभागी हुनेछन् ।