काठमाडौं: मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ८ हजार ७ सय ५ जना रहेको छ । जसमध्ये प्रदेश १ मा १ हजार १ सय ३५ जना, प्रदेश २ मा १ हजार ६ सय ६७ जना, बागमती प्रदेशमा ३ हजार ४ सय ३६ जना, गण्डकी प्रदेशमा ३ सय ४६ जना, प्रदेश ५ मा ८ सय ८१ जना, कर्णाली प्रदेशमा ३ सय १७ जना र सूदुरपस्चिम प्रदेशमा ९ सय २३ जना रहेका छन् ।
त्यस्तै होम क्वारेन्टाइनमा रहने संक्रमितहरुको संख्या ३ हजार ९ सय १६ रहेको छ । जसमध्ये प्रदेश १ मा २ सय ६६ जना, प्रदेश २ मा ३ हजार १ सय ८२, बागमती प्रदेशमा १ सय ११, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा २ सय ८६ जना, कर्णाली प्रदेशमा १८ जना र सूदुपस्चिम प्रदेशमा २६ जना रहेका छन् ।
आज देशभर ११ हजार ६ सय ५८ व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ३६ रहेको छ भने आज सम्म संक्रमण निको भई डिस्चार्ज हुनेहरुको संख्या १८ हजार ३ सय ५० जना पुगेको छ ।