संक्रमण पत्ता लगाउन सरकाको लाग्यो ३ अर्ब खर्च

काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमित पत्ता लगाउने क्रममा हालसम्म ३ अर्ब रुपैयाँभन्दा धेरै खर्च भएको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा क्रममा शुक्रबार आजसम्म ५ लाख ७९ हजार ८ सय ९९ पीसीआर परीक्षण गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको जानकारी दिनु भएको हो ।

प्रवक्ता डा. गौतमले पीसीइ बाहेक पीसीआर परीक्षणमा मात्रै उक्त रकम खर्च भएको बताउनु भयो । एउटा पीसीआर परीक्षण गर्न ५ हजार ५ सय रुपैयाँ खर्च हुने गरेको उहाँले बताउनुभयो । ३ अर्बभन्दा बढी खर्च गरेर ५ लाख ७९ हजार बढी पीसीआर परीक्षण गर्दा ३० हजार ४ सय २३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको उल्लेख गर्दै उहाँले एउटा पोजेटिभ केस भेटाउन १ लाख ४ हजार ६ सय ३० खर्च सरकारले गरिरहेको बताउनुभयो ।

एकजना संक्रमितलाई १ महिना आइसियुमा राखेर उपचार गर्दा ४ लाख ५० हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो । निषेधाज्ञा जारी भएका क्षेत्र र अन्य क्षेत्रमा अनावश्यक घर बाहिर ननिस्किन पनि उहाँले आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार