काठमाडौँ: चितवनमा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा चितवनको २० जनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर २, ७, १० र ११ का १६ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये ७ जना पुरुष र ९ जना महिला छन् । यस्तै अन्य कोरोना संक्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १ का एक जना पुरुष र राप्ती २ र ८ का ३ जना रहेका छन् ।
जिल्ला बाहिरका नवलपरासी, मकवानपुर, बारा, पर्सा र रौतहटका गरी ६ पुरुष र २ महिलासहित ८ जना र नेपालगञ्जका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् । प्रयोगशालामा शुक्रबार २७० वटा नमुनाको परीक्षण गरिएको मध्य २३७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।