घरैमा बसेर तीज पर्व मनाउन प्रशासनको आग्रह

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज घरैमा बसेर मनाउन सोलुखुम्बु सहित तीन जिल्ला प्रशासनले आग्रह गरेको छ । कोरोना महामारी फैलिरहेको हुँदा सोलुखुम्बु, ओखलढुंगा र खोटाङका जिल्ला प्रशासन कार्यालयले सुचनानै जारी गरेर सबैलाई घर बाहिर ननिस्कन आग्रह गरेको हो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ दिनप्रतिदिन बढ्दै गएकाले संक्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि घरैमा तीज मनाउन प्रशासनले आग्रह गरेको सोलुखुम्बुका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले बताउँनुभयो ।

“दिनप्रतिदिन कोरोना बढी रहेको छ ।” उहाँले भन्नुभयो, “एक बर्षको चाड हो, सबैलाई रामाईलो गर्न मन लाग्छ तर कोरोनाको महमारी त्यसैले घरबाहिर ननिस्कन गरिएको आग्रहको पुर्णरुपमा पालना हुनेमा विश्वस्त छौ ।”

सार्वजानिक स्थलहरुमा सामूहिक रुपमा मानिसहरु जमघट तथा भेला हुने गरी मनाउने कार्यहरु पूर्णरुपमा निषेध गर्नुपर्ने भएकाले हरितालिका तीज लगायतका चाडपर्वहरु आ–आफ्नो घरैमा बसी मनाउन प्रशासनले सूचनामार्फत आग्रह गरेको खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी श्याम कुमार राईले बताउँनुभयो ।

यदि सार्वजनिक स्थलमा भीडभाड गरि मनाएको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ । विशेष गरि हिन्दु महिलाहरुले यो दिन निराहर व्रत बसी मन्दिरमा गएर पुजाआज सहित नाचगान गरि रमाईलोका साथ मनाउने चलन छ ।

गत बर्ष सम्म तीज आउने करिब महिनादिन अगाडीदेखिनै शहरका पार्टीप्यालेसमा भेला जम्मा हुने पाटी खाने लगायतको चलन थियो । तर यस बर्ष भने परिवार समेत भेला हुन सकेनन् । ब्रत बस्ने अघिल्लो दिन गाउँघरमा दिदिबहिनी बोलाउन गएर घर फर्कने माईती समेत यस बर्ष नगन्य मात्रमा देखिएको सल्लेरीका प्रेमकुमारी राईको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार