पोखरामा १६ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ  :पोखरा महानगरपालिका सशस्त्र प्रहरी गणमा कार्यरत १६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्याङ्जाबाट पोखरा आएर क्वारेन्टिनमा बसेका प्रहरीमध्ये २९ जनाको नमूना संकलन गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ८१२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार