काठमाडौं : शेयर बजारमा नेप्से परिसूचक आज साढे १६ अङ्कले घटेको छ । आज परिसूचक १६ दशमलव ६ अङ्कले घटेर १३ सय ९१ दशमलव २९ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज दिनभर ९७ करोड ६२ लाख रुपैयाँ बराबरको २४ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको छ ।
नेप्से परिसूचक घटे पनि समृद्धि सबैभन्दा धेरै जीवन बिमा समूहको परिसूचक १३६ दशमलव ५९ अङ्कले घटेको छ । सबैभन्दा धेरै सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको आठ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । नेप्से परिसूचक घटे पनि समृद्धि फाइनान्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने १० प्रतिशत कमाएका छन् ।







