काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक सय २० पुगेको छ ।आज देशभर ६ सय ८१ जना संक्रमित थपिएका छन् ।
आज २४ घण्टामा देशभर ६ सय ८१ जना संक्रमित थपिएसंगै देशमा कोरोना संक्रमणको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको छ। भने ११ हजार १ सय १८ सक्रिय संक्रमितको संख्या रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुर, चितवन, मोरङ र सुनसरीका गरी चार महिलाको ज्यान गएको हो ।
यस्तै काठमाडौँ र बर्दिया एक÷एक पुरुषको मृत्यु भएको हो । मन्त्रालयका अनुसार ११ हजार पाँच सय २२ जनाको पीसीआर गर्दा चार सय ६५ पुरुष र दुई सय १६ महिलामा संक्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँ उपत्यकाका एक सय ५९ जना छन् । काठमाडौँका एक सय ३४, ललितपुरका १७ र भक्तपुरका आठजनामा संक्रमण देखिएको हो । आज एक सय २० जना डिस्चार्ज भएका छन् ।
अहिले देशभर ११ हजार एक सय १८ संक्रमित आइसोलेसनमा उपचारत छन् । तीमध्ये एक सय ३१ जना आइसोलेसन र ६ जना भेन्टिलेटरमा रहेका छन् । क्वारेन्टाइनमा १३ हजार पाँच सय ७१ जना रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला संक्रमितमुक्त भएका छन् ।