संसद सचिवालयले फिर्ता गर्‍यो सांसदको लोगो

काठमाडौँ   :  संसद सचिवालयले सांसदहरुलाई वितरण गर्न बनाइएको लोगो त्रुटीपूर्ण भएको भन्दै आलोचना भएपछि फिर्ता गरेको छ । उक्त लोगो सार्वजनिक भएपछि नेपालको नक्सा नमिलेको भन्दै आलोचना सुरु भएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय ललितपुरको संयोजनमा कलाकार टेकवीर मुखियाले बनाएको लोगो डिजाइन फेरि नयाँ बनाउने गरी फिर्ता गरिएको छ ।  मंगलबार सभाभुखसहित बसेको संसद सचिवालय र घरेलु कार्यालयका अधिकारीको बैठकले पुनः नयाँ लोगो बनाउने निर्णय गरेको थियो ।

सो निर्णयअनुसार मंगलबार नै १९० वटा लोगो फिर्ता लगिसकेको छ ।  प्रत्येक लोगोका लागि रु ५,५२७ खर्च भएको संसद् सचिवालयले जनाएको छ। उक्त लोगो सार्वजनिक भएपछि नेपालको नक्सा नमिलेको भन्दै आलोचना सुरु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार