सिन्धुपाल्चोक पहिरो अपडेट: लिदी पहिराेमा हराइरहेका २३ जनाको शव निकालियो, १६ बेपत्ता

काठमाडौँ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुने २३ जनाको शव निकालिएको छ । पहिरोमा परेर अझै १६ जना विपत्ता रहेका छन् । आज एक जना महिलाको शव फेला परेको उद्धारमा खटिएको नेपाली सेनाका क्याप्टेन शैलेन्द्र विष्टले बताउनु भयो । उद्धारमा खटिएको नेपाली सेनाका अनुसार मृत्यु हुने २३ जनाकै सनाखत भएको छ ।

सेनाका अनुसार हालसम्म १० जना महिला, १३ जना पुरुष रहेका छन्। कूल २३ जनाको शवमध्ये १२ जना बालबालिमा मात्रै रहेका छन् । नेपाली सेनाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “उक्त पहिरोमा परि हराइरहेको १६ जनाको खोजी कार्य जारी राखेको छ।”

लिदीमा गत शुक्रबार बिहान ६ः३० बजे पहिरो गएको थियो । पहिरोले ३७ घर पुरेको थियो । पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए। पहिरो गएपछि सेनाको गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय बासिन्दा र अन्य निकायहरुको सहयोगमा उद्धार तथा खोज कार्य शुरू गरेको थियो ।

“साउन ३० र ३१ गते नेपाली सेनाको एमआई–१७ हेलिकप्टरद्वारा खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामाग्री ढुवानी गरी उक्त स्थानमा पुर्‍याइएको छ,” विज्ञप्तिमा सेनाले उल्ले खरिएको छ ।

स्थानीय प्रशासन, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायसँग निरन्तर समन्वय र सहकार्य गरी नेपाली सेनाका ४७ जना खोज तथा उद्धार कार्यमा खटिएको सेनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार