काठमाडौं: नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पनि लगातार संक्रमित हालसम्म दुवै संगठनका ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरीका ६५४ र सशस्त्र प्रहरीका २९१ जना गरी ९४५ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका २५४ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १२६ जना डिस्चार्ज भएका छन् । प्रहरीमा हाल ४०० जना सक्रिय संक्रमित छन् ।
जसमध्ये प्रहरी प्रधान कार्यालयकै १६३, काठमाडौं उपत्यकाका ३६, प्रदेश १ का २५, प्रदेश २ का ४३, वाग्मती प्रदेशका ४२, गण्डकी प्रदेशका २३, प्रदेश ५ का ५७, कर्णाली प्रदेशका ६ र सुदूरपश्चिम प्रदेशका ५ जना सक्रिय संक्रमित रहेका छन् भने, सशस्त्र प्रहरीका १५५ जना संक्रमित छन् । जसमध्ये प्रदेश १ का ३२, प्रदेश २ का ४४, वाग्मती प्रदेशका ६१ र प्रदेश ५ का १८ जना संक्रमित उपचारमा छन् । देश र जनताको सुरक्षमा खटिएका सुरक्षाकर्मी