काठमाडौँ : धुलिखेल अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएका बृद्धको परिवारका ९ जनालाई पनि संक्रमण पुष्टि भएको छ । धुलिखेल नगरपालिका–७ का ९८ वर्षका बृद्धको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। परिवारका सदस्यहरुको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको अस्पतालले जानकारी दिएको छ ।