सोलुखुम्बु : सोमबार एकै दिन दुई जना सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको नेचासल्यान गाउँपालिका वडा नम्बर १ र खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ बाट १–१ जना सुत्केरीलाई हेलिकोप्टर मार्फत उद्धार गरि काठमाण्डौ लगिएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीका अनुसार नेचासल्यान गाउँपालिका वडा नम्बर १ की २५ वर्षिया मनिसा तामाङको बच्चाको अवस्था अत्यन्त जटिल भएको तथा खुम्बु पासङ ल्हामु गाउँपालिका वडा नम्बर २ की ३५ वर्षिया कामीनी तामाङको साल अड्किएकाले उद्धार गरि थप उपचारका लागी काठमाण्डौ पठाइएको हो ।
दवै जना महिलालाई राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । प्राथमीक स्वास्थ्य केन्द्र सल्यानमा सुत्केरी भएकी मनिसाको अवस्था सामान्य भएपनि बच्चालाई भने कृतिम स्वास दिएर बचाईएको स्वास्थ्य केन्द्र सल्यानका प्रमुख डाक्टर अभिसेक सुमनले बताउँनुभयो । शुशुको अवस्था अति जटिल भइ तत्काल आईसीयूमा राखेर उपचार गराउनुपर्ने भएकाले कान्तिबाल अस्पताल काठमान्डौ लगिएको छ ।
यस्तै खुम्बु पासाङ ल्हामुबाट उद्धार गरिएको महिलाको भने प्रसुती गृह थापाथलीमा उपचार भइरहेको छ ।







