पहिरो पिडितलाई गाउँपालिकाद्धारा आर्थिक सहयोग

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाले पहिरो पिडित १२ घर परिवारलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष असिम राईको अध्यक्षतामा सोमरबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार उनीहरुलाई आर्थिक सहयोग गरिएको हो ।

गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अविलाल राईका अनुसार ११ घरलाई रु.१० हजार रुपैया र एक घरलाई रु.१५ हजार नगद सहयोग गरिएको छ । ती मध्ये ५ घरलाई भने एक÷एक थान पाल समेत प्रदान गरिएको छ ।

गाउँपालिकाका अनुसार वडा नम्बर ६ मुक्लीका गणेश दमाई, टिकाराम दमाई, कैलाश दमाई र यमुना काफ्ले, वडा नम्बर ५ जुबुका फुर कुमार राई, एका बहादुर राई, रविन राई, रणधीर राई र सुमन राईलाई रु.१०÷१० हजार प्रदान गरिएको छ ।

यस्तै वडा नम्बर ४ जुबुका रुद्र बहादुर नेपाली, वडा नम्बर १ नेलेका रण बहादुर कामीलाई पनि रु.१०÷१० हजारका साथै वडा नम्बर ३ पञ्चनका राकेश राईलाई रु.१५ हजार नगद प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

उनीहरु मध्ये केहि परिवार भने पहिरोका कारण विस्थापित भईसकेका छन् । सोलुखुम्बु जिल्लामा अहिले सम्म लिखुपिके गाउँपालिकाका १० र माप्यदुधकोशी गाउँपालिका १२ घर परिवार पहिरोका कारण विस्थापित भएका छन् । पहिरोको कारण भने सडकको ट्रायक ओपन रहेको स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार