नेकपा सचिवालयबाट अध्यक्षद्वयले बनाएको कार्यदल अनुमोदन

काठमाडौँ  : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टीका अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ। सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेरको बैठकले कार्यदललाई अनुमोदन गरेको हो । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए। तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताउनु भएको थियो ।

त्यसअनुसार सोमबार बोलाइएको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार आजको सचिवालयको बैठकले केहि समय यता पार्टीमा देखा परेको समस्यालाई छिटै  टुंगोमा पु¥याउने बताउँनु भएको छ ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार