प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

काठमाडौं : प्रहरी कर्मचारीलाई कुटपिट तथा अभद्र व्यवहार गरेको अभियोगमा २६ वर्षीय प्रमिश थापालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका(३ नदीपुरस्थित साकुरा रेष्टुरेण्टमा रातको समयमा होहल्ला भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रेष्टुरेण्टमा मादक पदार्थ सेवन गरी बसेका थापा लगायत ६ जनाले कुपपिट गर्दा प्रहरी जवान दिनेश श्रीस घाइते भएका थिए । कुटपिटमा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार