काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १७२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १२६ जना, भक्तपुरका ८ जना र ललितपुरका ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ६४१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० जना पुगेको छ ।