सात प्रदेशमा कहाँ कति आइसियू र भेन्टिलेटर?

काठमाडौं: कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएर सघन उपचार आवश्यक हुने व्यक्तिहरूको संख्या बढ्दै छ । संक्रमण अझ व्यापक स्तरमा फैलिए आईसीयू र भेन्टिलेटरको अभाव हुने गुनासो आइरहेको छ । तर, सरकार भने सात वटै प्रदेशमा भेन्टिलेटर र आइसीयू प्रशस्त रहेको दाबी गर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा  नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ  । प्रदेश नम्बर १ मा ४३ आइसियु १९ भेन्टिलेटर , प्रदेश २ मा ४५ आइसियु १७ भेन्टिलेटर बागमति प्रदेशमा आइसियु ६३० भेन्टिलेटर ३६१, गण्डकी प्रदेशमा १ सय ३७ आइसियु ५९ भेन्टिलेटर प्रदेश ५ मा २९ आइसियु १३ भेन्टिलेटर कर्णाली प्रदेशमा ४० आइसियु १७ भेन्टिलेटर , सुदुरपश्चिम प्रदेशमा १८ आइसियु १० भेन्टिलेटर सञ्चालनमा रहेको छ ।  कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या बढिरहँदा कतै भेन्टिलेटर र आईसीयू बेड अभाव हुने त होइन भन्ने आमनागरिकमा चिन्ता बढेकोे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार