सोलुखुम्बु : सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर २ का स्थानियले भालु धपाउने यन्त्र निमार्ण गरेका छन । स्थानीय कृषकहरुले भालु धपाउन प्रयोग हुने उपकरण आफैले निर्माण गरि सफल परिक्षण समेत गरेको वडा नम्बर २ का वडा अध्यक्ष मिङमार शेर्पाले जानकारी दिनुभयो ।
परिक्षण स्वरुप १० थान यन्त्र निमार्ण गरिएको कार्यलयले जनाएको छ । जिल्लाको माथिल्लो क्षेत्रको अधिकांश क्षेत्रमा बर्खामा भालुले आतङ्कनै मच्याउने गरको छ । गत बर्ष मात्रै भालुको आक्रमणबाट घाईते भएका ६ जनाले केहि दिन अघि मात्रै डिभिजन बन कार्यालय सोलुखुम्बु मार्फत राहत रकम बुझेका छन् । यस्तै अघिल्लो आर्थिक बर्ष २०७५÷०७६ मा ९ जना भालुकै आक्रमणबाट घाईते भएका थिए ।
घरनजिकै बारीमा लगाएको खेती नष्ट गर्नेभएपछि यहाँका स्थानीय मकै पाक्ने बेलामा रातभरी जाग्रम बस्ने गरेका छन् भने घाँस काट्न गएको बेला भालुकै निसानामा पर्ने गरेका छन् । उनीहरुले बारम्बार भालु नियन्त्रण गर्नुपर्ने माग समेत गर्दै आएका छन् । गत भदौ ९ गते मात्रै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सायौको संख्यामा आएका स्थानीयले भालु मार्नुपाउनुपर्ने या अन्य बैलल्पिक व्यवस्था गरि नियन्त्रणको माग गरेका थिए ।
जिल्लाको माथिल्लो क्षेत्रमा भालुको आतङ्कले स्थानीय त्रसित बन्ने गरेको बेला यस यन्त्रले ठुलो सहयोग गर्ने वडा अध्यक्ष शेर्पाको विश्वास छ । कुनै पनि जङ्गली जनवारलाई मार्न वा क्षति पु¥याउन नपाइने नीति भएकाले भालु धपाउने देखि बाली संरक्षण गर्नको लागि समेत यो उपकरण सहयोगसिद्ध हुने शेर्पाले बताउँनुभयो ।
“एउटा यन्त्र निर्माणको लागि करिब रु.२ हजार मात्र खर्च लाग्ने रहेछ ।” वडा अध्यक्ष शेर्पाले भन्नुभयो, “यसको जोखीम समेत कम हुनेभएकाले उपयोगीनै छ जस्तो लाग्छ ।” डिभिजन वन कार्यलय सोलुखुम्बुले यन्त्र निमार्णका लागी कच्चा पदार्थ पाइप, कार्बोहाइडेट र लाइटर उपलब्ध गराएपछि स्थानीय आफैले उक्त यन्त्र निर्माण गरेको कार्यलयका सुचना अधिकारी डम्बर भण्डारीले जानकारी दिनुभयो ।
शुक्रबार डिभिजन वन कार्यलयमा गरिने परिक्षण सफल भएमा यन्त्र निमार्णलाई प्रथामिकता दिने डिभिजन कार्यलयले जनाएको छ ।
यता वडा अध्यक्ष मिङ्मार शेर्पाले भने वडा भित्रका १ सय घरधुरीलाई उक्त यन्त्र वितरण गर्ने योजना बनाईएको बताउँनुभयो । राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको नमुनालाई आधार बनाएर तयार गरिएको उक्त यन्त्रले बादर धपाउन देखि अन्य जंगली जनावरलाई धपाउन समेत सहज हुने स्थानीयको भनाई छ ।
जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, माप्यदुधकोशी, थुलुङदुधकोशी, सोताङ, महाकुलुङ र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको माथिल्लो क्षेत्र भालुको जोखीम क्षेत्र मानिन्छ । बर्षेनी भालु, दम्सी, मृग, घोरल लगायतको जनवारले बाली नष्ट गरेपछि अधिकांश जग्गा बाँझो बन्न थालेको छ । युवाशक्ति नहुँने र जंगली जनवारको चपेटा बिस्तारै बढ्दै गएपछि खेतियोग्य जमिन गौचरण बनेको स्थानीय नागरिक बताउँछन् ।