सङ्क्रमितको दर बढ्दै ,नियन्त्रणमा सरकार चुक्यो

काठामाडौं: विश्वमा फैलिएको कोराना भाइरसले यति बेलामा नेपालमा पनि दिनप्रति तीनगुना बढ्दैछ । तर, कोरोनालाई नियन्त्रण गर्ने प्रभावकारी योजना र तयारी सरकारसंग छैन । सांच्चै भन्ने हो भने नेपाल सरकारले यो महामारीलाई राम्ररी आत्मसात समेत गरेको छैन । संसारलाई भयावह बनाइसकेको कोरोना संक्रमणले नेपालमा पनि मन्त्री देखि संसद , न्यायाधीश ,प्रहरी, स्वस्थ्यकर्मी लगायतलाई भेटिसकेको छ ।

नेपालमा बैशाख ३१ सम्म २ सय १९ जनामा मात्र कोरोना संक्रमित प्रमाणित भएको थियो । त्यसपछि जेठ १ गते सिन्धुपाल्चोककी एक २९ बर्षिय सुत्केरी महिलाको मृत्यु भयो । मृत्यु भएको तेस्रो दिन असार ३ गते सरकारले कोरोना पुष्टि भएको जानकारी गरायो । कोरोना संक्रमितको संख्या जेठको अन्तिम साता पुग्दा सय बाट एकै पटक ५ हजार नाघ्यो ।

असार १२ मा पुग्दा २७ जनाको मृत्यु भयो । अहिले साउनको २८ पुग्दा तीन गुना बढेको छ । जम्मा ९१ जनाको मृत्यु भईसकेको छ , भने नेपालमा जम्मा कोरोना संक्रमितको संख्या२४ हजार ४ सय  ३२ पुगेको छ । सरकारले अझै पनि यसबारे गाम्र्भीता छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार