वरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला

काठमाडौं :तीन दिनदेखि बेपत्ता भएका कान्तिपुर दैनिकमा कार्यरत् वरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ । जुत्ता किनारमा छाडेर सोमबार काठमाडौंको बल्खु खोलामा हाम्फालेका पत्रकार बलराम बानियाँको शव हेटौंडामा फेला परेको हो ।

मदिरा सेवन गरेको अवस्थामा खोलामा हाम्फालेका उनलाई बचाउनका निम्ति प्रत्यक्षदर्शीले डोरी र बाँससमेत दिएका थिए । तर, उनले ती दुबै चिजको प्रयोग गरेनन् वा गर्न सकेनन् ।

प्रहरीको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार विहान हेटौंडाको खोलामा उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा पुर्याइएको छ । दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकसँग सम्बद्ध पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउने कुशल पत्रकार मानिन्छन् । उनी तनहुँका बासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार