एक्कासी सोलु खोलामा बाढी ! बस्ती र हाईड्रोपावर जोखिम, बास्तबीकता खोजिदै

सोलुखुम्बु : दुधकुण्ड ताल मुहान भइ बग्ने सोलु खोलमा पानीको बहाब बढेको छ । आजबिहानै देखि पानीको बहाव उच्च देखिएको खोला किनारका स्थानीयले बताएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका २ बेनीको खोला किनारमा बि.सं २०१९ सालमा निर्माण गरिएको बाध कटेर नदिनै बस्तीमा प्रवेश गरेको बेनी हाईड्रो पावरका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताउँनुभयो । शेर्पाका अनुसार बिहान भन्दा अहिले पानीको सतह अत्याधिक बढेको छ । मौसम सफा भएपनि खोलामा पानीको बहाव बढ्नुले जोखीम महशुस भएको उहाँको भनाई छ ।

गयराती ठुलो स्वरमा आवज आएपनि कुन ताल फुटेको या पहिरो गएको एक्कीन नभएको दुधकुण्ड क्षेत्रमा रहनु भएका लाक्पा लामाले बताउँनुभयो । दुधकुण्ड पोखरी र अन्यदर्जनौ सानापोखरीबाट बग्ने खोलाको संगम स्थल शहरस बेनीभन्दा माथीबाटै धमीलो खोलाआएको उहाँको भनाई छ ।

“कुन पोखरी फुट्यो त्यो त थाहाभएन, रातीचाँही ठुलो आवाजआएको हो ।” लामाले भन्नुभयो, “हामीलाई पनि रात विताउँन गाह्रो भयो, अहिले सल्लेरी तर्फ झर्देछौ ।” नदिको मुहान क्षेत्रमा अहिले पानीको सतह क्रमैसंग घटेको भएपनि बास्तबीकता भने पत्ता लगाउनुपर्ने उहाँको भनाई छ ।

खोलामा पानीको बहाव उच्च भएसंगै किनार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भईरहेको सोलुखुम्बुका प्रहरी निरिक्षक मन्दिप चौहानले जानकारी दिनुभयो । “जिल्ला विपद् व्यवस्थापन समितिको टोलि आवश्यक तयारीका साथ बसेको छ ।” प्रहरी निरिक्षक चौहानले भन्नुभयो, “खोलामा पानीको बहाव घटेको भएपनि स्थलगत निरिक्षणको तयारीमा छौ ।”

बाढीका कारण सोलुखोलामा निर्माणाधिन १९ मेगावट क्षमतको बेनी हाईड्रो पावरको इन्टेक तथा पावर हाउस क्षेत्र समेत जोखिममा परेको बताईएको छ । यस्तै २३.५ मेगावट क्षमताको माथिल्लो सोलु हाईड्रोपावरमा समेत क्षती पुग्न सक्ने अनुमान गरिएको छ । कारणबस खोलामा बढी आएको खण्डमा कन्तिमा ३ बटा बस्तीका हजारौ नागरिक बिस्थापित हुनेछन् ।

जिल्ला सदरमुकाम देखि ३० कोश उत्तर पुर्व क्षेत्रमा पर्ने दुधकुण्ड पोखरी पर्छ । उक्त पोखरीको तल तीर विगत १० बर्ष देखि सानो सानो पहिरो खस्ने क्रम जारी रहेकाले ताल भने जोखिममा रहेको अध्ययनकर्ता हिमाल गिरीको भनाई छ । समयमानै तालको संरक्षण नगर्ने भएमा जोखिम बढी हुने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार