काठमान्डौ : सोलुखुम्बुको सोताङमा मोटरसाईकल दुर्घटनामा परि घाइते हुनुभएका एक युवकको मृत्यु भएको छ । सोताङ गाउँपालिका वडा नम्बर ४ का २६ बर्षिय लोप्साङ शेर्पाको उपचारका क्रममा आईतबार मृत्यु भएको सोलुखुम्बु प्रहरीले जानकारी दिएको छ ।
साउन १४ गते दुर्घटनामा परि सामान्य घाईते हुनुभएका शेर्पा १५ गते प्राथमीक स्वास्थ्य केन्द्र सोताङमा उपचार पछि घर फर्कनु भएको थियो । तर अवस्था झन जटिल बन्दै गएपछि १६ गते हेलिकोप्टर मार्फत काठमान्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिनुभयो ।
शिक्षण अस्पताल महारजगंज काठमान्डौमा समेत उचार संभव नभएपछि ग्राण्डिमा भर्ना गरेर उपचार गराईरहनुभएका शर्पाको आईतबार बिहान ९ बजे मृत्यु भएको प्रहरी निरीक्षक चौहानले बताउँनुभयो ।
प्रहरीका अनुसार जिल्ला सदरमुकाम सल्लेरीबाट सोताङ जाने क्रममा आपैmले चलाएको बा ४८ प ४४५१ नम्बरको मोटरसाईल शिवटार बजार नजिकै आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो ।