साँझ ७ देखि बिहान ७ बजे सम्म उपत्यका प्रवेशमा पुर्ण रोक, जिल्ला अन्तरमा कडाई

  नेपालन्यूजसाईट समाचारदाता

काठमान्डौ : सरकारले एक जिल्लाबाट अर्को जिल्लामा अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै यातायात बन्द गर्ने निर्णय गरेको छ । देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रुमा कोरोना संक्रमण भेटिने क्रम बढेपछि सरकारले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयले आज बिहिबार सूचना जारी गरेर यसबारेमा जानकारी गराएको हो ।

साथै बिहिबार देखिनै लागु हुनेगरी बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको सो सुचनामा उल्लेख छ। उपत्यका प्रवेश गर्ने नाकामा संकलन गरिएका स्वाब परीक्षणपछि बिहीबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार केही दिनयता संकलन गरिएको ३ हजार ४ सय ७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएपछि राति काठमाडौं प्रवेशमा निषेध गरेको हो। ​

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार