सोलुखुम्बुको देउसामा एक पुरुष मृत भेटिए

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ देउसामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । ४८ बर्षिय मनिस राईलाई बिहिबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोही वडाको चोचेली भन्ने स्थानमा सडक देखि करिब २ सय मिटर तल मृत अवस्थामा देखिपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शबको पोष्टमाटमको लागि जिल्ला अस्पताल फाप्लु ल्याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक मन्दिप चौहानले जानकारी दिनुभयो ।

मृत्युको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ । एक बर्ष अगाडी डोजरमा आगजानी गरेको आरोप लागेका उनी केही दिन अगाडी मात्रै जेल मुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार