सोलुखुम्बु : यहाँका स्थानीय तहले विदेशबाट आएकालाई होल्डिङ सेन्टरमै कोरोना परीक्षण तथा उपचारको व्यवस्था गर्न प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् । विदेशबाट आएका चार जनामा एकैचोटी कोरोना पोजेटिभ देखिएपछि सबै स्थानिय तहले संयुक्त रुपमा होल्डिङ सेन्टरमा नै पिसिआर परिक्षणको ब्यवस्था मिलाउन आग्रह गरेका हुन ।
एकैचोटी गाउँआउँदा समुदाय स्तरमा संक्रमण फैलन सक्ने भन्दै होल्डिङ सेन्टरमा पिसिआर परीक्षण तथा उपचारको व्यवस्था मिलाउन अपिल पत्र जारी गरेको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुयभो ।
लिुखपिके गाउँपालिका अध्यक्ष बाहेकका स्थानीय सरकार प्रमुखको हस्ताक्षर रहेको अपिल पत्रमा बैदेशिक रोजगारीबाट आएकालाई होल्डिङ सेन्टरबाट सिधै संबन्धित जिल्ला या पालिका पठाउँदा जोखीम बढेको भन्दै थप सतर्कता अपनाउन आवश्यक रहेको उल्लेख गरिएको छ । महामारी नियन्त्रण तथा रोकथामका लागि स्थानीय सरकार जिम्मेवार ढंगबाट काम गरिरहेको भन्दै गाउँपालिकामा श्रोत साधान तथा जनशक्ति समेत अभाव हुँदा चुनौती थपिएको ठहर गरिएको छ ।
भौगलिक बिकटता, प्रबिधि र दक्ष स्वास्थ्यकर्मीको अभाबका कारण क्वारेन्टिनबाट स्वाब संङकलन गरि परिक्षणका लागी पठाउन समेत समस्या भएको अपिल पत्रमा उल्लेख गरिएको छ । तीन तहको सरकारबीचको समन्वय र स्थानीयको थप सजगताले पनि महामारी रोकथाम गर्न सकिने थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको भनाई छ । सोमबार मात्रै बैदेशिक रोजगारीबाट गाउँ आएका ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्लामा कोरोना भाईरसका संक्रमित भेटिएपछि थप स्वास्थ्य सतर्कता अपनाईएको छ । यस अघि पनि जिल्लाका एक पुरुष कोरोना उपचार पछि घर फर्केका छन् ।