सोलुखुम्बु : सगरमाथा राट्रिय निकुञ्जको ४४ औँ स्थापना दिवस सम्पन्न भएको छ । आईताबार चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको समन्वयमा समितिको कार्यलाय घाटमा एक विषेश कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । बृक्षरोपन गरी उद्घाटन गरिएको कार्यक्रममा विभिन्न व्यातिmत्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अधिकांश वक्ताहरुले खुम्बु क्षेत्रको विकाशमा सगरमाथाता राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रको अतुलनीया योगदान रहेको भन्दै स्थापना दिवासको शुभकामना सहित निकुञ्ज र मध्यवर्ती क्षेत्रको योगदानलाई सधै सम्मान गर्ने बताउनुभयो । सगरमाथा राष्ट्रिय निकुञ्ज नहुदो हो त खुम्बु क्षेत्रको यो विकाश दश वर्ष पछि मात्र देख्न पाउने भन्दै खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रबत्ता ल्हाक्पा छिरि शेर्पाले निकुञ्जको योगदान प्रति खुसी व्यक्त गर्नुभयो । निकुञ्ज र मध्यवर्ती क्षेत्रले खुम्बु विकाशमा स्थापना कालदेखि लागी परिएकोले पनि खुम्बु विकाशमा गाउँपालिकालाई थप सहज भएको पनि शेर्पाले वताउनुभयो ।
राष्ट्रिय निकुञ्ज र स्थानिय सरकार दुबैले सामुदायिक वन विकाशमा चासो नदिएको भन्दै दुधकुण्ड सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष नुर्वु ठिले शेर्पाले चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिमा पनि अन्य क्षेत्रको जस्तै नरसरीको माग राख्नु भयो । खुम्बिला मध्यवर्ती क्षेत्र उपभोक्त सतितिका अध्यक्ष छिमी छिरिङ शेर्पाले निकुञ्जको स्थापना दिवसको अवसरमा निकुञ्ज क्षेत्र भित्रका वन्यजन्तु लगायत वन संरक्षणमा यस क्षेत्रको शेर्पा समुदाय सँग सहयर्का गर्दै चरण क्षेत्रको व्यावस्थापन गर्नु पर्नेमा जोड दिनुभयो ।
वृक्षरोपण गर्दैमा वन संरक्षण नहुने भन्दै चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्त समितिका अध्यक्ष ल्हाक्पा ग्याल्जेन शेर्पाले वन संरक्षणमा स्थानिय सक्रिय रहेको भन्दै यो सक्रियतालाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो । साथै समितिले कृषि वनको उत्पादान गर्न सक्ने नरसरीको पहल गरी रहेको पनि बताउनु भयो । विकाश निर्माणमा सहकार्य, सह अस्तित्व र समन्वयका साथ अघि बढ्न सबैलाई आग्रह समेत गर्नु भयो ।
खुम्बु विकाशका लागि मास्टार प्लानका साथ अघि बढ्नु पर्ने भन्दै जनताको माग र गाउँपालिकाको मापदण्ड अनुरुप विकाश गर्नु पर्ने र यसका लागि राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रको सहकार्य आवश्यक रहेको खुम्बु पासाङल्हमु गाउँपालिका वडा नं. ३ का अध्क्ष मिङमा छिरी शेर्पाले बताउनुभयो । पछिल्लो समय राष्ट्रिय निकुञ्ज भित्र हुने चोरी सिकारीलाई नियन्त्रन गर्न नसक्ने हो भने राष्ट्रिय निकुञ्जको औचित्य माथि नै प्रश्न उठ्न सक्ने भन्दै यस विषयमा निकुञ्जले गम्भिरताका साथ अघि बढ्नु पर्नेमा पनि शेर्पाले सुझाव दिनु भयो ।
खुम्बुको अर्थिक विकाशको मेरुदण्ड सडक संजाल रहेको र खुम्बु विकाश गर्ने हो भने व्याक्ति विकाश गर्नु पर्ने भन्दै सगरमाथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले विकाशका नाममा आएका वजेडहरुको प्रयोगमा मोडालिटी परिवर्तन गरि व्याक्तिव्व विकाशका प्रशिक्षणमा जोड दिनु पर्ने वताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि तथा खुम्बु पासाङ्गल्हमु गाउँपालिकाका कार्यबाहक अध्यक्ष टाशी ल्हमु शेर्पाले निकुञ्ज, मध्यवर्ती क्षेत्र र समुदायिक वन उपभोक्त समितिको योगदानले नै आज खुम्बु क्षेत्रले प्रकृतिक विपत्ती खेप्न नपरेको भन्दै खुम्बु क्षेत्रको विकाशमा निकुञ्जले पु¥याएको योगदानको निरन्तरताको अपेक्षा गाउँपालिकाले राखिएको वताउनुभयो । साथै खुम्बु विकाशका लािग गाउँपलिका र निकुञ्जको सहकार्य र समन्वयको जरुरत रहेको पनि बताउनु भयो ।
सगरमाथा राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण चोरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्त समतिका कार्यलाय साहयक ङवाङ छिरी शेर्पाले गरेको थियो । कार्यक्रमको व्यावस्थापन सहयोग आर्यतारा महिला समुहले गरेको थियो । कार्यक्रमामा गाउँपालिकाका प्रतिनिधि, राष्ट्रिय निकुञ्जको कर्मचारी, सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि, महिला समुहका प्रतिनिधि, राजनितिग्य, शिक्षक लगायत स्थानियको उपस्थितिमा सम्पन भएको हो ।