नेपाली काग्रेस सोलुखुम्बुको बैठक सुरु

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु :  नेपाली काङ्गेस जिल्ला कार्य समिति सोलुखुम्बुको बैठक सल्लेरीमा सुरु भएको छ । आज बाट सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल भइरहेको जिल्ला कार्य समितिका सदस्य नविन थापाले जानकारी दिनुभयो ।

आज पहिलो दिनको बैठकमा १४ जना जिल्ला सदस्यहरुले बोलेको र बाँकी सदस्यहरुले बोल्ने क्रम नसकिएकाले भोलि पनि बैठक जारी रहेने बताइएको छ । बैठकमा राजनीतिक विषयका साथै कोरोनाको प्रकोप र जिल्लाका स्थानिय तहमा मौलाएको भ्रष्टाचारका विषयमा पनि छलफल भएको बताईएको छ ।

जिल्ला पार्टी सभापति विनोद कुमार बस्नेतको सभापतित्वमा जारी बैठकमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बल बहादुर के.सी को समेत उपस्थिति रहेको छ । पार्टीको बैठकमा सहभागी हुन नेपाली काग्रेसका जिल्ला तहका नेताहरु गाउँ तथा राजधानी काठमान्डौबाट सदरमुकाम सल्लेरी आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार