प्रधानमन्त्री ओली गंगालाल हृदय रोग केन्द्रमा

  नेपालन्यूजसाईट समाचारदाता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ्यमा समस्य भएपछि गंगालाल हृदय रोग केन्द्रमा पुग्नु भएको छ । उहाँ प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारबाट बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुग्नुभएको हो ।

गत आइतबारदेखि जारी स्थायी कमिटी बैठकमा सहभागी भइरहनुभएका ओलीलाई धपेडी भइरहेको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँलाई बुधबार दिउँसो गंगालाल हृदय रोग केन्द्रमा लगिएको हो । प्रेस सल्लाहकार सूर्य थापाले भने नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पताल जानु भएको जानकारी दिनुभएको छ ।

बुधबार बालुवाटारमै उहाँसहितको उपस्थितिमा नेकपा स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकमा बोलेका पाँचमध्ये चारजना सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । पछिल्लो पटक आफ्नो सरकार ढाल्न भारत र आन्तरिक शक्ति लागिरहेको अभिव्यक्ति दिएपछि ओली आलोचनाको केन्द्रमा हुनुहुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार