हातपातमा संलग्नलाई तत्काल गिरफ्तार गर्न दलित अगुवाहरुको माग

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : घरको ढोका छोएको निहूँमा दलित किशोर माथि हातपातमा संलग्नलाई तत्काल पक्राउ गर्न सोलुखुम्बुका दलित समुदायका अगुवाहरुले माग गरेका छन् । गत जेठ ३१ गते सोलुदुधकुण्ड नगरपालिका ९ सिसाखोलाका स्थानीय तारा थापा मगर र श्याम थापामगरले १६ बर्षिय दिपक विश्वकर्मा माथि हातपात गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु मुद्दा समेत दर्ता भएको छ ।

मुद्दा दर्ता भएपनि पक्राउ नगरेको भन्दै अधिकार कर्मीले कानुनी दायरामा ल्याउन माग सहित आइतबार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय माध्यानाकर्षणपत्र बुझाएका हुन् । जातीय भेदभाव विरुद्धको कसुरमा असार ७ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता भएर पक्राउ पुर्जी जारी भए पनि पक्राउ नगरिएको भन्दै प्रशासन र प्रहरीको ध्यानाकर्षण गराउनुपरेको दलित अगुवा विनोद कालीकोटेले बताउँनुभयो ।

यदि घटनालाई सामान्य रुपमा लिएर दोषीलाई उन्मुक्तिदिने कोशिस भएमा जिल्लाका सिंगो दलित समुदाय शसक्त आन्दोलन गर्न बाध्य हुने समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । ध्यानाकर्षण बुझाउन दलित समुदायबाट निर्वाचित जनप्रतिनिधि, पत्रकार र अन्य अगुवाहरुको उपस्थिती रहेको थियो ।

ध्यानाकर्षण पत्रबुझेपछि प्रमुख जिल्ला अधिकारी(सिडिओ) रमा आचार्यले आफू जातीय विभेद विरुद्धकै अभियानमा रहेको भन्दै यर्थाथ बुझेर पक्राउमा सहजीकरण गर्ने बताउँनुभयो ।

प्रहरी नायव उपरिक्षक टेकुनन्द इवा लिम्बुले किटानी जाहेरीको आधारमा आरोपितलाई खोजी कार्य जारी रहेपनि नभेटिएको बताउँनुभयो । ध्यानकर्षण पत्रको सोलुदुधकुण्ड नगरपालिका र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुलाई समेत बोधार्थ दिईएको छ । इन्सेक सोलुखुम्बुको सहयोगमानै उक्त मुद्दा दर्ता भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार