मदन भण्डारीको ६९ औँ जन्मदिन : सोलुखुम्बुमा अन्तरक्रिया कार्यक्रम

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : जिल्लाको सल्लेरीमा जननेता मानिने मदन भण्डारीको ६९ औं जन्मदिनको स्मृतीमा एक अन्तरक्रिया कार्यक्रम गरिएको छ । मदन भण्डारी भाण्डेशन र स्पोर्टस एकेडेमीका संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै नेकपा सोलुखुम्बुका अध्यक्ष मानबीर राईले मदन भण्डारीको मृत्युले नेपालमा नेकपाको एकीकरणमा ढिला भएको बताउँनुभयो । उहाँले पार्टी र जनताको लागि लिएको बाटोमा हिड्नका लागि नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।

यस्तै जिल्ला सचिव गोम्बु शेर्पा (कज्र्याङ)ले मदन भण्डारी एक सरल तथा सामान्य जीवन सैलिको कम्युनिष्ट नेताको रुपामा लिईने मदन भण्डारीको पक्षधरतामा जोड दिनुपर्ने बताउँनुभयो । भण्डारीले राष्ट्र, पार्टी र व्यक्तिलाई क्रमैसंग प्राथमीकतामा राख्ने गरेको स्मरण गर्दै सबैले सोही नीति अबलम्बन गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष मानबीर राई, सचिव गोम्बु शेर्पा (कज्र्याङ), सचिवालय सदस्य हिमाल गिरी, स्पोटर्स एकेडेमि सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारी, युवा संघ, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार