प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतलाई नयाँ नक्सा छाप्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न चेतावनी दिनु भएको छ । आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नयाँदिल्लीका मिडिया, वौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन के के भइरहेको छ भन्ने देखाइरहेको बताउनु भयो ।

‘यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो । तर ,अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे पनि हुने उहाँले बताउँनु भयो ।

प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताउँनु भयो  । तर यसतिबेला आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताउँनु भयो । यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न। आजका लागि होइन भोलिका लागि। आफ्ना लागि होइन देशका लागि ।’ हाम्रो जमिन हो । अरूको जमिन अतिक्रमण गरेको होइन, कुनै गल्ती गरिएको छैन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार