काठमाडौं : कोरोना भाइरसको भयावह हाल विश्व भर छ । विश्वभर नै कोरोना रोकथामका लागि लकडाउन गरीएको छ । यस्तो समयमा वैवाहिक समारोह, सभा, कार्यक्रम गर्न प्रतिबन्ध छ । तर, काठमाडौको पशुपतिको गुहेश्वरी मन्दिरमा लगन कम भएको कारण आज विहे गरेका छन । विश्वभर मानिसहरु कोरोनाको कहरले घरभित्रै रहेको अवस्थामा गुहेश्वरी र भद्रकाली मन्दिरमा धेरै जोडीले विवाह गरे ।
भद्रकालीको मन्दिरमा त्यति सामाजिक दुरी कायम गरेर विवाह गरेको देखिएन भने गुहेश्वरीमा पुग्दा एउटा अर्कै दृश्य देखियो विवाहमा झल्किने मुस्कानलाई दुलाहा दुलाहि नै मास्कले ढपक्कै ढाकेको थियो । समाजमा देखिने औसत विवाह भन्दा फरक विवाह भयो यी जोडीले गरेका छन ।
विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीका कारण आइरहेको सामाजिक बदलावले विवाह शैलीमा पनि निकै परिवर्तन ल्याएको छ । कोरोना भाइरसका कारण जारी लकडाउने धुमधामका साथ सयौँ आफन्तहरुकाबीच विवाह गर्ने उनीहरुको रहर, रहरमै सीमित भयो ।