नेपालीको फेसबुक बेसारमय बन्यो

काठमाडौं : अहिले देश कोराना भाइरस संक्रमणले गर्दा संकटमा परेको छ । सरकारले पनि कोरोना भाइरस नियन्त्रणको लागी विभिन्न कदम चालिरहेको छ । तर, सरकारले गरेको काममा भन्ने आम नागरिकमा हरेक विषयमा टिप्पणी पनि भइरहेकै छ ।  त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडि राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै कसैलाई कोरोना लागेमा बेसार पानी खाएर हाच्छुयू साच्छ्यू गरेर उडाउनुपर्ने अभिव्यक्ति दिएसँगै अहिले पूरै देश बेसारमय बनेको छ ।

एक सातादेखि नेपालीहरुको सामाजिक सञ्जाल अकाउन्ट ‘बेसारमय’ बनेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेपाली मिडिया, सामाजिक सञ्जाल, सडकमा गरिएको विरोध प्रदर्शनदेखि सदनसम्मको माहोल तातेको छ । प्रधानमन्त्रीले बोलेको भोलिपल्ट केही मानिसहरु शरिरभरी बेसार दलेर आन्दोलनमा समेत गरेका थिए ।

कतिपयले पहेँलो कपडा लगाएर बेसार पानी खानु नपर्ने समेत भनेर प्रधानमन्त्रीको अभिव्यक्तिको मजाक उडाएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समेत आफ्नो फेसबुक पेजमा बेसारै बेसार भएको फोटो पोष्ट गरेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार