नेकपाको स्थायी समिति बैठक जारी

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बालुवाटारमा जारी रहेको छ । बैठकमा पार्टी एकताको बाँकी प्रक्रिया, एमसीसी र कोरोना नियन्त्रणका लागि सरकारले गरेका कामहरुको बारेमा समिक्षा हुने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुहुने कार्यसूची रहेको छ । नेकपाभित्र पेचिलो बन्दै गएको एमसीसीका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार