अंगीकृत नागरिकताबारे सहमति जुटाउन सरकारलाई ५ दिन समय

काठमाडौँ  : वैवाहिक अंगीकृत नागरिकताबारे नेपाली कांग्रेसले पुरानै अडान लिएपछि सरकारले नागरिकता सम्बन्धी विधेयकमा सहमति जुटाउनका लागि समय मागेको छ ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकतासम्बन्धी विधेयकमा राजनीतिक सहमतिका लागि समय मागेका हुन् ।

सरकारले समय मागेपछि समितिले सहमतिका लागि पाँच दिन समय दिएको छ । आउने आइतबारसम्ममा यसबारे सहमति जुटाउन समितिले सरकारलाई समय दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार