खहरे खोलाले ट्रक बगायो

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : बर्षातपछि खहरे खोलामा पानीको बहाव बढ्दा विद्युतको पोल ढुवानीमा प्रयोगगरिएको मिनि ट्रक बगाएको छ । सोलुखुम्बु प्रहरीका अनुसार शनिबार दिउँसोसोलुदुधकुण्डनगरापकालिका र थुलुङदुधकोशी गाउँपालिका सिमानामा पर्ने भित्ते खालाले उक्त ट्रकबगाएको हो ।

बिग्रिएर पार्किङ गरि राखिएको राखेको बा३ क ३५५६ नम्बरको ट्रक बर्षा सहित आएको भेलले सडक देखि करिब ५० मिटर तल बगाएकोजिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक मन्दिप चौहानले जानकारी दिनुभयो । उहाँकाअनुसार ट्रकमा पुर्णरुपले क्षती पुगेको छ । नेपालविद्युत प्राधिकरणको ग्रामीण विद्युतीकरणकालागि आवश्यक पोल ढुवानीमा प्रयोगभईरहेको बेला केही दिन अगाडी देखि बिग्रीएर सोही खोला किनारमा पार्किङ गरेरराखिएको थियो ।

हरि खड्का नामका ठेकेदारले त्यस क्षेत्रमा काम गरिरहेको भएपनि उक्तट्रक कस्को हो भन्ने समेत खुल्न नसकेको प्रहरीको भनाई छ । अहिले ट्रक धनिको खोजीभईरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

शुक्रबार मात्रै प्राधिकरणकै विद्युतको पोल लिएर सल्लेरी तर्फ आउँदै गरेको ट्रक दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको थियो । सोलुदुधकुण्ड नगरपालिका ८ शिकारी डाँडामादुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार