पत्रकार नुरू छेपालको प्रयासमा ५८ परिवारलाई राहत वितरण

पत्रकार नुरु छेपाल शेर्पाको समन्वयन र विभिन्न देशमा रहनु भएको शेर्पाहरुको सहयोगमा ५८ घर परिवारलाई राहत वितरण गरिएको छ । विभिन्न जिल्लाबाट राजधानीमा बसोबास गर्दै आइरहनु भएको परिवारलाई सहयोग गरिएको नुरु छेपाल शेर्पाले जानकारी दिनु भयो । विगत दुइ महिना अघि देखि नेपाल सरकारले घोषण गरेको लकडायनका कारण रोजगार नभएपछि आफ्नो रोजीरोटीमा समस्य परिएकाहरुरुलाई सहयोग गरिएको हो ।
सोलुखुम्बु जिल्ला सोलु दुधकुण्डा नगरपालिका ७ थल्लेरी स्थायी घर भई हाल युएसए मा बस्दै आउनु भएका हाकिम फुरी शेर्पा, तेन्जी शेर्पाm छेवाङ शेर्पा सोलु दुधकुण्ड नगर पालिका ७ साल्मे स्थायी घर भई यु एस ए मा रहानु भएका फुर्वा शेर्पा र सोलु दुध कुण्ड ६ मेराङ गङतोक हाल युएसए निवसी कामी लामा शेर्पाको सहयोगमा राहत वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार