सोलुखुम्बु : जिल्लाको सात वटा स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा २५÷२५ हजार रुपैया सहयोग प्राप्त भएको छ । ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल) ले उक्त रकम सहयोग गरेको हो ।
कोरोना भाइरस संक्रमणका कारण गरिएको लक डाउनले विपन्न परिवारका बालबालिकालाई भएको समस्यालाई मध्यनजर ६ वटा स्थानीय तहलाई १ लाख ७५ हजार रकम सहयोग गरेको रिड नेपालका जिल्ला संयोजक केशब गिरीले जानकारी दिनुभयो । जिल्लामा विगत एक दशकदेखि शैक्षिक गुणस्तर र बिकासमा काम गरिरहेको उक्त परियोजनाले विपद्लाई मध्यनजर राख्दै काम गरेको जनाएको छ ।
स्थानीय तह प्रकोप व्यवस्थापन कोष मार्फत कार्यक्रम सञ्चालन भएको क्षेत्रका अति विपन्न परिवारका बालबालिकालाई राहत उपलब्ध गराइदिन पनि स्थानीय तहलाई रीड नेपालले आग्रह गरेको छ । रीड नेपालका जिल्ला संयोजक गिरीकाअनुसार जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, माप्य दुधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका र लिखुपिके गाउँपालिकाको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गरिएको छ ।
यस परियोजनाले विगत लामो समयदेखि शैक्षिक गुणस्तर र बिकासका लागि शिक्षक तालिम, शैक्षिक सामाग्री सहयोग, बाल क्लव गठन तथा आर्थिक सहयोग, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, अभिभावक अभिमुखीकरण तालिम लगाएतको कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यस्तै कोरोना महामारीका कारण लक डाउनको समयमा शिक्षा आर्जनबाट बञ्चित बनेका कक्षा १–८ सम्मका बालबालीका लक्षीत रेडियो सिकाई कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रम सोलु एफ.एम.मा हरेक दिन साँझ ६ः३० देखी आधाघण्टा प्रशारण हुन्छ । जुन कार्यक्रमबाट विद्यार्थीले विभिन्न बिषयको पाठ्यक्रम अनुसारकै शिक्षाआर्जन गर्न सक्ने रिडनेपाल सोलुखुम्बुले जनाएको छ ।