काठमाडौं : नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीद्वारा शनिबार जारी सूचना अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा शनिबार गरिएको परीक्षण अनुसार नयाँ सात जनामा संक्रमण पुष्टि भएको हो । मन्त्तालयका अनुसार संक्रमति हुनेहरुमा उदयपुर भुल्के निवासी १८, ४५, ६५ वर्षका महिलाहरु, कपिलवस्तु निवासी १७, १८ र १८ वर्षका पुरुषहरु, पर्सा छपकैया निवासी ६२ वर्षका पुरुष हुन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । नेपालमा हालसम्म ३१ जना संक्रमणमुक्त भइसकेका छन् ।