जेष्ठ ५ गते सम्म लक डाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं : बुधबार सम्पन्न मन्त्रीपरिषदको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जेष्ठ ५ गते सम्म लक डाउन गर्ने निर्णय गरेको हो ।

चैत ११ गतेदेखि जारि लकडाउन बुधबार ४४ दिन पुगेको छ । लामो समय देेेखिको लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज उठेको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा त्यसमा सहमत नदेखिएको श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार