नेकपा वडा कमिटिद्धारा तिङ्लामा खाद्यन्न वितरण

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङलामा राहत बितरण गरिएको छ । नेकपा वडा नम्बर ११ द्धारा उक्त राहत वितरण गरेको जिल्ला सदस्य वीरउदास श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार वडा नम्बर ११ का १ सय १० घर विपन्न परिवारलाई नगरपालिका उपमेयर कल्पना राईको रोहबरमा राहत वितरण गरिएको हो । प्रति परिवार १५ के.जी चामल, २ के.जी नुन, १ लिटर खानेतेल, र हात धुने साबुन वितरण गरिएको बताईएको छ ।

नेपाल कम्युनिष्ट पार्टी वडा कमिटी तिङलाको आयोजना, उपमेयर कल्पना राईको समन्वय तथा नगर एवम् जिल्ला कमिटिका सदस्यहरुको आर्थिक सहयोगमा उक्त राहत वितरण गरिएको जिल्ला सदस्य बीर उदार श्रेष्ठले जानकारी दिनुभयो । राहत वितरणमा ने.क.पा नगरकमिटि संयोजक रामकाजी श्रेष्ठ सचिव दावातेञ्जि शेर्पा, उपमेयर कल्पना राई लगाएतको उपस्थितिरहेको थियो । राहत पाएपछि स्थानीय खुसी नागरिक भएका छन् । उनीहरुले सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार